कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय परिचालन समितिले पायो पूर्णता

0

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पूर्णता पाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरु मनोनित भएका हुन् ।

पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र प्रवक्ता प्रकाशशरण महतलाई समिति सदस्य बनाइएको छ ।

समितिको बैठक बिहीबार दिउँसो पार्टी कार्यालय सानेपमा बस्दैछ । बैठकले स्थानीय निर्वाचन तयारी र अन्य दलसँग तालमेलको सम्भावना लगायतका विषयमा छलफल गर्नेछ ।

दुई दिनअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो ।

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.