रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग जेलेन्स्कीको अपिल

0

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गरेका छन् ।

तेल निर्यातसहितमा रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन जेलेन्स्कीले पश्चिमा राष्ट्रलाई आग्रह गरेका हुन् ।

उनले रुसमाथि पश्चिमा राष्ट्रले लगाएका केही ‘निष्क्रिय’ प्रकृतिका प्रतिबन्धको आलोचना गरेका छन् । भिडियो सन्देशमा जेलेन्सीले विश्वले रुसको आक्रमण वा क्रियाको प्रतिक्षा गर्न नमिल्ने उल्लेख गरेका छन् ।

गम्भीर अवस्था आउन नदिनका लागि कडा प्रतिबन्ध लगाउनुपर्नेमा उनको जोड छ । उनले यो हप्ता विश्वका विभिन्न देशका संसदलाई सम्बोधन गर्ने र हतियार सहयोगका लागि आग्रह गर्ने पनि जेलेन्सीले बताएका छन् ।

रुसले फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । रुसी आक्रमणमा तीस लाख भन्दा बढी युक्रेनी विस्थापित भएका छन् । ठुला शहरका संरचना ध्वस्त भएका छन् ।

Leave A Reply

Your email address will not be published.