स्थानीय चुनावमा गठबन्धन गरेरै जाने कांग्रेसको निष्कर्ष, मंगलबार बस्ने बैठकले निर्णय गर्ने

0

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकले चुनावमा गठबन्धनसँग सहकार्य गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो ।

यद्यपि यसबारे औपचारिक निर्णय भने मंगलबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रवक्ता महतले बैठकमा अधिकांश सदस्यहरुले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताए ।

सोमबारको बैठकमा सबै केन्द्रीय सदस्यहरुले आ-आफ्नो भनाइ राखिसकेका छन् । बैठकमा कतिपय सदस्यले गठबन्धन गरेर जान नहुने पनि धारणा राखेको प्रवक्त महतले जानकारी दिए ।

बैठकमा ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ अभियानको मूल्यांकन तथा पार्टीलाई थप बलियो बनाउनेबारे पनि छलफल भएको प्रवक्ता महतले बताए ।

Leave A Reply

Your email address will not be published.