स्थानीय निर्वाचनमा १ लाख ६७ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी

0

काठमाडौं : स्थानीय निर्वाचनमा १ लाख ६७ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

गृह मन्त्रालयले नेपाल प्रहरीका ६५ हजार, सशस्त्रका ३२ हजार र नेपाली सेनाका ७० हजार टोली चुनावमा परिचालन गर्न लागेको हो ।

निर्वाचनको सुरक्षाका लागि देशभर १ लाख म्यादी पनि परिचालन हुनेछन् ।

निर्वाचन सुरक्षा र निवाएचन बिथोल्नका विभिन्न समूहहरू सक्रिय हुने भएकाले तीनै तहका सुरक्षा निकायलाई परिचालन गर्न लागिएको हो ।

यसैबीच निर्वाचन आयोगले मंगलबारबाट कल सेन्टर शुरु गरेको छ । स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले कल सेन्टर शुरु गरेको हो ।

निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा समाधान गर्ने उद्देश्यले कल सेन्टर शुरु गरेको निर्वाचन आयोगले जनाएको छ ।

११०२ नम्बरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ । कल सेन्टर मतदान र मतगणना अवधिसम्म सन्चालनमा रहने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन आउन अब ४५ दिन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.