युक्रेनमाथि पहिलो चरणको आक्रमण सकिएको रुसको घोषणा

0

एजेन्सी : रूसले युक्रेनविरुद्ध जारी आक्रमणको पहिलो चरण समाप्त भएको घोषणा गरेको छ । फेब्रुअरी २४ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण गरेको रूसले एक महिनापछि पहिलो चरणको आक्रमण समाप्त भएको घोषणा गरेको हो ।

रुसले अबको आक्रमण युक्रेनको पूर्वी डोनबास क्षेत्र केन्द्रित आक्रमण हुने बताएको छ । रुसले युक्रेनको सैन्य शक्ति धेरै कमजोर भइसकेको पनि दाबी गरेको छ ।

रूसी सैनिक अहिले पनि किभ, खर्किभलगायतका शहर बाहिर घेरा हालेर बसेका छन । पहिलो चरण भनिएको समयमा रूसले युक्रेनका निक्कै महत्वपूर्ण शहरमाथि आक्रमण गरेर ठुलो जनधनको क्षति गराएको छ ।

आक्रमणमा सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् । राजधानी किभसहित, मारियोपोल, खार्किभलगायतका महत्वपूर्ण सहरमा शक्तिशाली बम खसालेका कारण थुप्रै संरचना ध्वस्त भएका छन् ।

राजधानी किभसहित रणनीतिक शहरमा रूसले घेराबन्दी जारी राखेको छ । आक्रमणमा रुसका हजारौं सैनिकको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.