एमाले, कांग्रेस र माओवादीले देशलाई विकसित र समृद्ध पार्न सकेनन् : राजेन्द्र लिङ्देन

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् । 

एमाले, कांग्रेस र माओवादीप्रति आक्रोशित हुँदै उनले यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध नगर्न नसकेको आरोप लगाए । 

राजधानीमा शनिबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पुर्‍याइदिन जनतासँग आग्रह गरेका हुन् । 

राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको पनि उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले जनताबाट राजनीतिक शक्ति आएको अवस्थामा राप्रपाले देश विकासमा पूर्ण रूपले सदुपयोग गर्नुपर्ने धारणा राख्दै एमाले, कांग्रेस र माओवादीबाट देश बन्ने सम्भावना नभएको ठोकुवा समेत गरे ।

उनले ती दलहरुले देशलाई बन्धक बनाएको बताए । अध्यक्ष लिङ्देनले तीन दलबाट देश बन्ने कुराको आशा राख्नु साँडेको टाङमुनि बाल्टी थापेर दुधको चाहनु जस्तै भएको टिप्पणी गरे । 

Leave A Reply

Your email address will not be published.