युक्रेन युद्धमा रूसलाई सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी

0

एजेन्सी : अमेरिकाले युक्रेन युद्धमा रूसलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्वमा रासायनिक हतियार प्रयोग गरेमा नाटोले त्यसको प्रतिक्रिया दिने चेतावनी पनि दिएका हुन् ।

जी सेभेन राष्ट्रहरूले युक्रेनमा भएको आक्रमणबाट आतंकित भएको र सम्भावित युद्ध अपराधको अन्तर्राष्ट्रिय फौजदारी अदालतको अनुसन्धानलाई समर्थन गर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमा सहायता पहुँच र नागरिक सुरक्षाको माग गर्दै प्रस्ताव पनि पारित गरेको छ ।

यसैबीच युद्धका कारण युक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ ।

रूसको आक्रमणका कारण लाखौँ मानिस युक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने भएको हो ।

अमेरिकाले युक्रेनलाई थप एक अर्ब अमेरिकी डलर पनि सहयोग गर्ने घोषणा गरेको छ । सो रकम युक्रेनमा उत्पन्न मानवीय संकट समाधानका लागि प्रयोग गरिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.