रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको एक महिना पूरा

0

एजेन्सी : रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण शुरू गरेको एक महिना पूरा भएको छ । फेब्रुअरी २४ मा रुसी सेना युक्रेनमाथि आक्रमण थालेको थियो । 

तुलनात्मक रुपमा निक्कै कमजोर ठानिएको युक्रेनले रुसलाई एक महिनामा कडा चुनौती दिएको छ । 

अमेरिकासहित नाटो गठबन्धनले युक्रेनलाई युद्धमा सहयोग गरिरहेका छन् । युद्ध अन्त्यका लागि भएका वार्ताहरु निस्कर्षमा पुग्न सकेका छैनन् । 

पश्चिमा देशहरुको सहयोगमा युक्रेन झन कठोर रुपमा रुसविरुद्ध युद्धमा लागिरहेको छ । युद्धका कारण ३५ लाख युक्रेनीहरु देश छाडन बाध्य भएका छन् । देशभित्रै विस्थापित हुने संख्या ६५ लाख भन्दा धेरै छ । आक्रमणबाट युक्रेनमा ठूलो जधक्षति पुगेको छ । 

मुख्य शहरहरु भग्नावशेषमा परिणत भएका छन् । मारियोपोलमा सवैभन्दा ठूलो क्षति पुगेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

रुसले हालसम्म खेर्सन शहर मात्रै कब्जामा लिन सकेको छ । रुसी सेनाले राजधानी कीभ कब्जामा लिन सकेको छैन । युद्धमा रुस र युक्रेन दुबैतर्फका सयौं सैनिक मारिएका छन् । तर दुबै देशले आधिकारिक रुपमा मर्नेको संख्या सार्वजनिक गरेका छैनन् ।

Leave A Reply

Your email address will not be published.