एनआरएनए लाई बिखन्डन गर्ने काममा आफ्नो संलग्नता नरहेको एनसीसी अध्यक्षहरुको घोषणा, निर्वाचन सँयोजक सहित चारजनाको राजिनामा,

0

गैर आबासिय नेपाली संघ गठन भएको १९ बर्षमा अन्तन्त बिभाजनको प्रकृयामा गएकोछ । एनआरएनएका प्रमुख सँरक्षक शेश घलेले बोलाएको अधिबेशन रोक्न हिजो र आज दिनभर अनबरत भएका प्रयास सफल हुन सकेनन । सहमतिका बिभिन्न एजेन्डा प्रस्तुत गरिए पनि त्यसमा सहमति जुट्न सकेन,

काठमाडौंमा उपस्थित करिब १३० जना प्रतिनिधि बिचबाट नयाँ नेत्रित्व चुन्ने प्रकृया सुरु भए पछि यति थोरै प्रतिनिधिबाट एक लाख भन्दा बढी पन्जिक्रित सदस्यको प्रतिनिधित्व हुन नसक्ने र पाटन उच्च अदालतको आदेशले पनि अधिबेशन बैधानिक हुन नसक्ने जनाउदै घले द्वारा गठित निर्वाचन समितिका सात जना सदस्य मध्य चार जनाले राजिनामा गरेका छन । प्रमुख निर्वाचन आयुक्त विश्व बराल, सदस्यहरु बिमल सुबेदी , पुष्प थापा र बासुदेव फुलाराले राजिनामा गरेका हुन ।

बाँकी रहेका ३ जना सदस्यबाट निर्वाचनको प्रकृया अगाडि बढाइएकोछ । त्यसै गरी संस्थामा बिखन्डन ल्याउने काममा समर्थन गर्न नसकिने भन्दै एनसीसी अध्यक्षहरुले घलेलाई प्रमुख सँरक्षकको हिसाबले सन्स्था जोगाउन दिएको जिम्मेवारी पनि फिर्ता लिएको र घलेका कुनै पनि गतिबिधीमा आफ्नो सन्लग्नता नरहेको घोषणा गरेका छन ।

अध्यक्षहरुले आज एक संयुक्त बिज्ञप्ती प्रकाशित गर्दै प्रमुख सँरक्षक शेष घलेज्यूलाई संस्था जोगाउन म्यान्डेट दिएकोमा प्रमुख संरक्षकले उक्त म्यान्डेटलाई दुरुपयोग गर्दै एकतर्फी रुपमा सङ्घलाई विभाजन गर्ने उद्देश्यले एकपक्षीय निर्वाचन प्रकृया अगाडी बढाउन लाग्नु भएकाले उक्त कार्यप्रति हामी असहमति व्यक्त भनेका छन ।

Leave A Reply

Your email address will not be published.