चीनमा १३३ यात्रु सवार विमान दुर्घटना

0

एजेन्सी : दक्षिणी चीनमा १३३ यात्रु बोकेर उडेको एउटा विमान दुर्घटना भएको छ । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार चाइना इस्टर्न एयरलाइन्सको विमान घरेलु उडानका क्रममा दुर्घटना भएको हो । 

ग्वान्झोउको कुन्मिङबाट उडेको विमान गुआङसी प्रान्तको पहाडमा खसेको सञ्चारमाध्यमले जनाएका छन् । 

उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १ः१५ मा र ग्वाङ्झाउमा ३ः०७ मा अवतरण हुने तालिका थियो । 

अहिले दुर्घटनास्थलमा उद्दार टोली खटिएको छ । पहाडमा बिमान खसेपछि आगो लागेका तस्वीरहरु चिनीयाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । 

हताहतिको विवरण आइसकेको छैन । विमान दुर्घटनाको कारण खुल्न बाँकी छ ।

Leave A Reply

Your email address will not be published.