एमालेले वैशाख ९ गते निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने

0

काठमाडौं : नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । 

सोमबारबाट काठमाडौंमा शुरु भएको पार्टी पोलिटब्यूरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । 

बैठकमा पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको जानकारी दिए ।

पार्टीमा प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि प्रदेश र जिल्ला तहमा विभागहरु गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Leave A Reply

Your email address will not be published.