बाइडनले दिए पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा, अमेरिकी टिप्पणी ’अक्षम्य’ भएको रुसको प्रतिक्रिया

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका छन् ।

बाइडेनले ह्वाइट हाउसमा एक जना सञ्चारकर्मीलाई उत्तर दिने क्रममा पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन् ।

पुटिनको निन्दा गर्न उनले यस्तो भाषा प्रयोग गरेको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले बाइडेनको सो टिप्पणीलाई अस्वीकार्य अनि अक्षम्य भएको बताएको छ । पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले बाइडेनको अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य भन्दै भन्दै अमेरिकी बमले विश्वभर हजारौँ मानिसहरूको ज्यान लिएको जवाफ फर्काएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस कि प्रवक्ता जेन साकीले राष्ट्रपतिले युक्रेनमा भएको हिंसाको बर्बर तस्बिर देखेपछि आधिकारिक रूपमा घोषणा गर्नु भन्दा पनि बाइडेनले मनबाट बोलेको बताएकी छिन् ।

अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना देखिएको छ । युद्ध अपराध निर्धारण गर्न विदेश मन्त्रालयले सञ्चालन गर्ने एउटा छुट्टै कानुनी प्रक्रिया रहेको र त्यो छुट्टै चलिरहेको ह्वाइटहाउसको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.