नाइजेरियामा एनआरएनहरुले गरे रक्तदान

0

लेगोस, नाइजेरिया : गैरआवासीय नेपाली सङ्घ नाइजेरियाले  लेगोसम रक्तदान कार्यक्रम आयोजना गरेको छ । लेगोस सरकार रक्त संचार केन्द्रको सहयोग र रोटरी क्लब अफ पाम ग्रुभ स्टेट र केरला समाज नाइजेरियाको सहआयोजनामा कार्यक्रम आयोजना गरिएको थियो ।

बिन्दु क्षेत्री , अभिषेक मानसिंह ,खुश्बु घिमिरे , सोमेश अर्याल , सुरज गिरी , चिरञ्जीवी रोका , सागर उप्रेती , सुहिम थापा , भरत रिजाल , बिरेन्द्र गुप्ता , राजु धिताल, भिमबहादुर थापा , बिदुर घिमिरे , कर्णेल हेमन्त राना लगाएत एकसट्ठी जना रक्तदाताले रक्तदान गरेका थिए ।

No description available.

एनआरएनए नाइजेरियाको यो चौथो रक्तदान कार्यक्रम भएको र यसलाई निरन्तर गर्दै जाने योजना रहेको एनआरएनए नाइजेरियाका अध्यक्ष बिरेन्द्र गुप्ताले बताए  । कार्यक्रम संयोजक तथा महासचिव सोमेश अर्यालले सहआयोजक सस्थाहरु र सबै रक्तदाताहरुलाई संघको तर्फबाट आभार ब्यक्त गरेका थिए  ।

Leave A Reply

Your email address will not be published.