रुसँगको शान्ति वार्ता चौथो चरणमा प्रवेश : जेलेन्स्की

0

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसँगको शान्ति वार्ता चौथो चरणमा प्रवेश गरेको बताएका छन् । उनले मंगलबार टर्कीमा वार्ता हुने पनि बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो नियमित भिडियो सन्देश सार्वजनिक गर्दै जेलेन्स्कीले वार्ता सकारात्मक भइरहेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गरेका छन् ।

सोमबार लुहान्स्क र किएभ क्षेत्रबाट तीन हजार ८०६ जनालाई सुरक्षित स्थानमा जानका लागि युक्रेनी सुरक्षाकर्मीले सहयोग गरेको उनले बताएका छन् ।

सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकहरु युक्रेनको प्रतिरक्षालाई देखेर अलमलमा परेको पनि बताएका छन् । उनीहरुको अपेक्षा विपरित युक्रेनले प्रतिरक्षा गरिरहेको जेलेन्स्कीले बताए ।

उनले युद्धको सत्य जानकारी फैलाउनका लागि गरिरहेको प्रदर्शन तथा प्रयासका लागि पनि रुसी नागरिकलाई उनले धन्यबाद दिएका छन् ।

Leave A Reply

Your email address will not be published.