चुनाव लक्षित कार्ययोजना तय गर्न केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी

0

काठमाडौं : स्थानीय तह निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकमा आगामी स्थानीय निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल भएको छ ।

स्थानीय निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ । चुनावलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरुले चुनावी अभियान नै थालिसकेका छन् । 

सोही क्रममा एमालेले पनि चुनावलाई लक्षित गर्दै विभिन्न कार्ययोजना बनाउन केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो ।

साथै केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेन्डाहरू तय गर्न मंगलबार पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाइएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

त्यस्तै पार्टीको पोलिटब्युरो बैठक बोलाउनेबारे पनि छलफल भएको र छिट्टै बैठक बोलाइने उनले बताए ।

स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर एमालेले प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.