युक्रेनसँग लड्न रुसले माग्यो चीनसँग सहयोग, सहयोग नगर्न अमेरिकाको चेतावनी

0

एजेन्सी : रुसले चीनलाई युक्रेनसँग लड्न सैन्य सहयोग मागेको अमेरिकी शीर्ष अधिकारीले बताएका छन् । आइतबार अमेरिकी अधिकारीले उल्लेख गरेअनुसार रुसले चीनसँग ड्रोनलगायतका सैन्य हतियार सहयोग मागेको हो ।

यस विषयमा रुसले भने कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनले रुसलाई सहयोग दिनु चिन्ताको विषय रहेको बताएका छन् ।

उनले अहिले आफूहरु निरन्तर चीनले रुसलाई गरेको सहयोगलाई नियालिरहेको बताएका छन् । उनले यस विषयमा चिनियाँ अधिकारीसँग पनि कुरा भइरहेको उनले बताए ।

उनले कुनै पनि मुलुकले रुसमाथि लगाइएको आर्थिक प्रतिबन्ध कमजोर हुने किसिमका कार्य गर्न नहुने बताए । अमेरिकाले रुसलाई सहयोग हुने किसिमको कुनै पनि सहयोगको परिणाम राम्रो नहुने चेतावनी यसअघि नै दिइसकेको छ ।

Leave A Reply

Your email address will not be published.