साउदीका विदेशमन्त्री दुई दिने भ्रमणका लागि नेपाल आउँदै

0

काठमाडौं : साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । 

परराष्ट्र  मन्त्रालयले  दिएको  जानकारीअनुसार  राजकुमार  फैजल  दुई  दिने  भ्रमणका  क्रममा सोमबार अपरान्ह नेपाल आउन लागेका हुन् । 

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री  नारायण  खड्कासँग  साउदी  विदेशमन्त्री  फैजलको  मंगलबार  द्विपक्षीय  भेटवार्ता  गर्ने  कार्यक्रम  रहेको छ । दुई देशका परराष्ट्र मन्त्रीले जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

यसअघि मन्त्रिपरिषदले साउदी विदेश मन्त्रीसँग दुई पक्षीय वार्ता गर्न परराष्ट्र मन्त्री नारायण खड्काको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने पनि निर्णय गरेको थियो । 

मन्त्री खड्काले फैजलसहितका साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.