भीम रावलमाथि प्रधानमन्त्री देउवाले पोखे आक्रोश

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्‍याएका छन् । उनले नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन्।

सो कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसिसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको पनि स्पष्ट पारे ।

उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गरे। 

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गरे । 

प्रधानमन्त्री देउवाले एमाले नेता भीम रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाए ।

Leave A Reply

Your email address will not be published.