साउदीमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइयो

0

एजेन्सी : साउदी अरेबियामा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । 

शनिबार मृत्युदण्ड दिइनेमा सात यमनी र एक सिरियाली पनि छन् । उनीहरुमाथि आतंकवादसहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ । 

मृत्युदण्ड दिइएकामध्ये केहीलाई इस्लामिक स्टेट (आइएस), अल–कायदा र हुथी विद्रोहीसँग जोडिएको आरोप पनि थियो । 

गत वर्ष साउदी अरेबियामा ६९ जनालाई मृत्युदण्ड दिइएको थियो । गत वर्षभरभन्दा शनिबार एकैदिन धेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको हो । 

यता अधिकारवादी संस्थाहरुले मृत्युदण्ड पाएकाहरुले निष्पक्ष न्यायिक अधिकार प्राप्त नगरेको हुन सक्ने बताएका छन् । 

तर साउदी सरकारले भने सो आरोप अस्वीकार गर्दै आएको छ । 

Leave A Reply

Your email address will not be published.