पार्टीबाट एमसीसी अनुमोदन नभए राजीनामा दिन्छु : प्रचण्ड

0

विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने उद्घोष गरेका छन् ।

प्रदेश १ को पार्टी प्रशिक्षण कार्यक्रममा विराटनगर पुगेका दाहालले विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एमसीसी अनुमोदन हुन नसके आफू पदमा बसि नरहने बताएका हुन् ।

नेता नारायणकाजी श्रेष्ठ र राम कार्कीलाई राखेर दाहालले यस्तो बताएका हुन् । पार्टीको निर्णय विपरित दाहालले एमसीसी सम्झौता पारित गरेको भन्दै दुवै नेता असन्तुष्ट छन् । 

अध्यक्ष दाहालले आउँदो चुनाव विघटनकारी ,प्रतिगमनकारी र प्रगतिवादी शक्तिबीचको प्रतिस्पर्धा हुने बताए ।

अध्यक्ष दाहालले  स्थानीय तहको चुनावको तिब्र तयारीमा लाग्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सत्तारुढ दलभित्र गठवन्धन बन्छ र चुनाव सजिलै जितिन्छ भन्ने आशामा नबस्न आग्रह गर्दै उनले आफ्नै बलमा चुनाव जित्नेगरि तयारीमा लाग्न निर्देशन दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा लगायत गठवन्धन भित्रका दलहरु चुनावसम्मै गठवन्धन गरेर जानुपर्छ भन्ने पक्षमा रहेकाले स्थानीय अवस्था हेरेर आवश्यकताका आधारमा गठवन्धन हुन सक्ने अध्यक्ष दाहालले स्पष्ट पारे ।

Leave A Reply

Your email address will not be published.