अमेरिकाद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

0

एजेन्सी : अमेरिकाले रुसी हिरा, समुद्री खाना र भोड्काको आयातमा प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि गरेको आक्रमणको विरोधमा अमेरिकी राष्ट्रपति जो बाइडेनले थप प्रतिबन्धको घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले पछिल्लो प्रतिबन्ध रुसी अर्थतन्त्रका लागि थप घातक हुने बताएका छन् ।

अमेरिकासहितका पश्चिमा देशले थप आर्थिक प्रतिबन्धको घोषणा गरेका हुन् । युरोपियन युनियनले रुसबाट फलाम तथा स्टिल उत्पादनको आयात बन्द गर्ने जनाएको छ ।

यस्तै रुसमा उर्जा सम्बन्धी नयाँ उत्पादनमा लगानी गर्न पनि प्रतिबन्ध लगाएको छ । यस्तै बेलायतले सयौँ रुसी राजनीतिज्ञमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिका, युरोपेली युनियन र बेलायतले रुसमा विलासिताका सामानको निर्यात पनि रोक्ने जनाएका छन् ।

अमेरिकाले यसअघि नै रुसी इन्धनको आयात र आर्थिक प्रतिबन्ध यसअघि नै घोषणा गरिसकेको छ । अमेरिका, युरोपियन युनियन र अरु साझेदारहरुले रुसलाई समान हैसियतको व्यवसायिक साझेदारबाट हटाउने तयारी पनि गरेका छन् । उनीहरुले रुसमाथि थप आर्थिक सजायका लागि यस्तो तयारी गरेका हुन् ।

आर्थिक प्रतिबन्धका कारण रुसी मुद्रा निकै कमजोर भएको छ । प्रमुख कम्पनीहरु रुसबाट बाहिरिने क्रममा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.