नेपालको व्यापार घाटा चुलियो, पछिल्लो सात महिनामा एक खर्बको निर्यात हुँदा १० खर्बको आयात

0

काठमाडौं : मुलुकको व्यापार घाटाले नेटो काटेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ ।

चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८ दशमलब चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा शुन्य दशमलब सात प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा निर्यात आयात अनुपात एघार दशमलब पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलब सात प्रतिशत छ ।

यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरेर एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात एक खर्ब चार अर्ब १३ करोड बराबर थियो ।

नेपाल राष्ट्र बैंकलेसार्वजनिक गरेको विवरणअनुसार सात महिनाको कूल वस्तु आयात ४२ दशमलब आठ प्रतिशतले वृद्धि भएर ११ खर्ब ४७ अर्ब ४६ करोड बराबर पुगेको छ । अघिल्लो वर्ष त्यस्तो आयात नगन्य रुपमा मात्रै बढेको थियो ।

विवरण अनुसार भारतबाट ३१ प्रतिशत, चीनबाट ४२ दशमलब तीन प्रतिशत र अन्य देशबाट ८३ दशमलब आठ प्रतिशतले आयात बढेको छ ।

पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायाताका साधन तथा पाटपूर्जालगायतका सामानको आयात बढेको छ । त्यस्तै एसउम बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात बढेको छ ।

चालु आवको सात महिनाको अवधिमा वस्तु निर्यात ८८ दशमलब तीन प्रतिशतले वृद्धि भएर एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको छ । नेपालबाट पाम तेल, सोयाविन तेल, पिना, धागो, जुसलगायतका बस्तुको निर्यात बढेको हो ।

Leave A Reply

Your email address will not be published.