कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरे : राजेन्द्र लिङ्देन

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् ।

सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले थापाले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको बताएका हुन् ।

उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यामका रुपमा लिएको पनि बताए ।

स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनले बताए ।

अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेकोे र भ्रष्टाचाररहित स्थानीय तहको रुपमा विकास गराउँन राप्रपा चुनाव लक्षित भएको बताए । अध्यक्ष लिङ्देन् पार्टीको सभामा सहभागि हुन वीरेन्द्रनगर पुगेका हुन् ।

Leave A Reply

Your email address will not be published.