रुसले युक्रेनमा रासायनिक हमला गर्न सक्ने अमेरिकाकाे दाबी

0

एजेन्सी : अमेरिकाले युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयले रासायनिक हतियारको प्रयोगको सम्भावना औल्याउदै सबैले सतर्क हुनुपर्ने जनाएको हो ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी अनर्गल भएको बताएकी हुन् ।

रुसका झूटा दाबीहरू थप पूर्वनियोजित र अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको चाल भएको उनको भनाइ छ ।

अन्य पश्चिमा मुलुकहरुले पनि रुसले रासायनिक अस्त्रहरू प्रयोग गर्नसक्ने जनाएका छन । बेलायती रक्षा मन्त्रालयले रुसले युक्रेनमा थर्मोबरिक रकेटहरू प्रयोग गरेको दावी गरेको छ ।

यसअघि सिरियामा रुसी साझेदारले रासायनिक अस्त्र प्रयोग गरेको थिए । रासायनिक अस्त्र प्रयोगलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले प्रतिबन्धित गरेको छ ।

Leave A Reply

Your email address will not be published.