युक्रेनमा रहेका अधिकांश नेपालीको उद्धार सकियो

0

काठमाडौं : रूस–युक्रेन द्वन्द्व प्रभावित अधिकांश नेपालीको उद्धार सकिएको छ । युक्रेनमा रहेका नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सकिएको जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिएका हुन् ।

नेपालीको उद्धार कार्य निकै छिटोछरितो भएकाले युद्वमा नेपालीको ज्यान सुरक्षित रहेको उनले बताए । उद्धारको कार्य सम्पन्न भएपछि उनीहरुको पुर्नस्थापना गर्ने कार्य चुनौतीपूर्ण रहेको दुतावासले जनाएको छ । हाल दुई सय तीन जना नेपालीलाई संघको पहलमा बसोबासको व्यवस्था मिलाइएको छ ।

हालसम्म ५ सय ८४ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगिसकेको बताइएको छ । युक्रेनबाट हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र माल्दावामा चा जना नेपाली पुगेका छन् । तीन जना नेपालीलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ ।

युक्रेनबाट निस्किएका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र लिएका छन् । करिब ३८ जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमै रहेका छन् ।

Leave A Reply

Your email address will not be published.