संखुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

0

संखुवासभा : संखुवासभामा बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मादीको ओखरबोटेबाट इटहरीतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज विहान मादी नगरपालिका वडा नम्बर छ सातघुम्तीमा दुर्घटना भएको हो । 

दुर्घटनामा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ । 

बसमा करिब २५ यात्रु रहेको अनुमान गरिएको छ । घाइतेहरुलाई उद्दार गरेर नजिकैको स्वास्थ्य संस्था पठाइएको छ । 

दुर्घटनाको कारण खुलेको छैन । बस सडकबाट करिव तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल सदरमुकामबाट झन्डै ६० किलोमिटर टाढा रहेको छ ।

Leave A Reply

Your email address will not be published.