रुसद्वारा युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषणा

0

एजेन्सी : रुसले आम मानिसको सहायताका लागि युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ ।

युक्रेनको मारिउपोल र भोल्नोभाखा शहरमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो ।

रुसको रक्षा मन्त्रालयले शनिबार बिहान १० बजेदेखि मानिसहरुलाई यी दुई सहरबाट सुरक्षितरुपमा जान दुई कोरिडोरहरु खुला गरिने जनाएको छ ।

मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा युक्रेनका अधिकारीहरु पनि युद्धविरामको लागि सहमत भएको उल्लेख छ ।

यद्यपि युक्रेनको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

पछिल्लो केही दिनयता रुसको मारिउपोलमा रुसी सेनाले निरन्तर आक्रमण गर्दै आएका छन् ।

यद्यपि युक्रेनका अन्य केही सहरमा निरन्तर युद्ध चलिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको १० दिन भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.