कर्मचारी समायोजनका समस्या समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई मुस्कानसहितको सेवा दिन निजामती कर्मचारीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री देउवाले मुलुक संघीय संरचनामा गएपछि कर्मचारी समायोजन गर्दा देखिएका समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाए ।

कर्मचारी अनुशासित र इमान्दार भएमा सरकार सफल हुनेसमेत उनले बताए ।

Leave A Reply

Your email address will not be published.