रुसमा ट्वीटर र युट्युब प्रतिबन्ध

0

एजेन्सी : रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।

रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । त्यहाँका लाखौं मानिसहरु यी सामाजिक सन्जालमा जोडिएर सूचना आदान प्रदान गर्दछन् ।

मिडिया नियामकको वेबसाइटमा पोष्ट गरिएको एक सूचना अनुसार २४ फेब्रुअरीमा सरकारले गरेको निर्णयअनुसार रुसले ट्वीटरमा सीमित पहुँच गरिदिएको छ ।

रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि नै आक्रमण शुरु गरेको थियो ।

यसैगरी फेसबुकको मूल कम्पनी मेटाले पनि रुसमा फेसबुक प्रतिबन्धित भएको जनाएको थियो । यद्यपि उसका इन्स्टाग्राम र ह्वाट्स एपले भने रुसमा अझै काम गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.