राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

0

काठमाडौं : राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।  शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा उनीहरुले पद तथा गोपनीयता शपथ लिएका हुन् । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उनीहरुलाई शपथ गराएका थिए। माघ १२ गते सम्पन्न निर्वाचनमा १९ जना नयाँ सदस्य निर्वाचित भएका थिए । निर्वाचित १९ मध्ये १८ जना सत्ता गठबन्धनका हुन् । 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा मात्र विजयी भएका थिए । 

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक÷एक जना सदस्य निर्वाचित भएका थिए । 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ । 

राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरुको पदावधि सकिएको हो । २०७४ सालमा गठन भएको राष्ट्रिय सभाका सदस्यहरुमध्ये चार वर्ष पदावधि कायम भएकाहरुको पदावधि सकिएको हो । 

Leave A Reply

Your email address will not be published.