रुसी आक्रमणबाट युक्रेनको आणविक केन्द्रमा आगलागी

0

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रमा आक्रमण गरेको बताएका छन् ।

उनले विश्व समुदायसँग सहयोगको अपिल गरेका छन् । जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र खतरामा रहेको समेत उल्लेख गरे ।

रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीको भनाइ छ । उनले सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो हुने समेत उल्लेख गरेका छन् ।

आणविक केन्द्रबाट उत्पन्न हुने खतराबारे आफूले अमेरिका, बेलायत र युरोपका नेताहरुलाई पनि जानकारी गराएको उनको भनाइ छ ।

जेलेन्स्कीले अन्र्तराष्ट्रिय एटमिक इनर्जी निकाय ‘आईएईए’सँग समेत कुरा गरेको बताएका छन् ।

रुसी लडाकु विमानले युक्रेनको उत्तर शहर चर्निभमा आवासीय क्षेत्रमाथि आक्रमण गरेको हो ।

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा पनि आक्रमण गरेको बताएका छन । आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी भएको छ ।

नगरप्रमुख दिमित्री ओर्लोभले रुसी फौजलाई आक्रमण रोक्न आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.