स्थानीय निर्वाचन : निर्वाचन आयोगद्वारा मतदाता नामावलीमा दाबी विरोध आह्वान

0

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा शुक्रबारदेखि दाबी विरोध आह्वान गरेको छ ।

७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा शुक्रबारदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्ने छन् ।

निर्वाचन आयोगका अनुसार उक्त समयसीमाभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न पनि निवेदन दिन पाइने छ ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ । स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले दर्ताका लागि दिएको निवेदनउपर आयोगले जाँचबुझ गरिरहेको आयोगको भनाइ छ  ।

Leave A Reply

Your email address will not be published.