एमालेले गठबन्धन भत्काउने खेल खेलेकोले एमसीसी अनुमोदन : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखको पद जोगाउनका लागि व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्न राजी भएको खुलासा गरेका छन् । 

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नुपरेको प्रस्ट्याएका हुन् । 

एमसीसीका कारण गठबन्धन भत्किने अवस्थामा पुगेको उनको भनाइ छ ।  एमालेले गठबन्धन पनि भत्काउने र संसद पनि विघटन गर्ने खेल खेलेको पनि दाहालले बताए ।  

एमालेको दाउलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको जानकारी केन्द्रीय समिति बैठकमा दाहालले गराए । 

बैठकमा  एमसीसी अनुमोदन र पार्टीभित्र सिर्जना भएको आन्तरिक द्वन्द्व र पदाधिकारी चयनबारे पनि छलफल हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.