युक्रेनमाथि आक्रमणको निन्दा गर्ने राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल, रुसद्वारा भिटो प्रयोग

0

एजेन्सी : युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ ।

रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए ।

प्रस्ताव पारित हुनका लागि ९ देशको मत परे हुने थियो । तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो ।

रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् । उनीहरुमाथि भिटो शक्ति छ ।

युक्रेनमाथि भइरहेको रुसी आक्रमणमा रुसको पक्षमा देखिएका भारत, चीन र युएई बैठकमा अनुपस्थित रहे ।

यसैबीच संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्यमध्ये ५० राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी रूसमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषदमा रूसले भिटो प्रयोग गरी शक्तिको दुरुपयोग गरेको आरोप अमेरिकालगायतका ५० राष्ट्रले लगाएका हुन् ।

रूसले भिटो प्रयोग गरेपछि ५० देशले संयुक्त विज्ञप्ति जारी गरी रूसले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् । विज्ञप्ति राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले पढेर सुनाएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.