एमसीसी पास नगर्ने माओवादीको निर्णय, गठबन्धन जोगाउन पहल गर्ने

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले संशोधन नगरी एमसीसी पारित गर्न नसकिने निष्कर्ष निकालेको हो ।  

अहिले जनमत एमसीसीको विपक्षमा रहेकालेसंशोधन नगरी पारित गर्न नहुने माओवादीले अडान लिएको हो । 

बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

माओवादीले सत्ता गठबन्धन अहिलेको आवश्यकता भएकाले प्रतिगमनका विरूद्धमा बनेको यो गठबन्धन कायम राख्न अन्य दलसँग पनि छलफल गर्ने निर्णय समेत गरेको छ । 

तर एमसीसीको विपक्षमा लाग्दा सरकारबाट बाहिरिन परे त्यसका लागि समेत तयार हुने माओवादीको निर्णय छ । 

माओवादी केन्द्रले आफ्ना कार्यकर्ताहरूलाई एमसीसीको विरोधमा सडकमा उतारेको छ । तर एमसीसी सम्झौता गर्ने चरणसम्म धेरै पटक माओवादी नेताहरू सहभागी भएकाले विश्वसनीयताको कुरा आउने बहस पनि माओवादीभित्र शुरू भएको छ । 

Leave A Reply

Your email address will not be published.