रुसी सेनाको आक्रमणमा १३७ युक्रेनीको मृत्यु, युक्रेनमा सेना परिचालनको आदेश

0

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा उनले सेना परिचालनको आदेश दिएका हुन् ।

भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको पहिलो दिन १ सय ३७ युक्रेनीहरूले ज्यान गुमाएको बताएका छन् । युक्रेनको सेनाले रुसी हमलाको जवाफमा आक्रमण गरिरहेको बताएको छ ।

युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ ।

सरकारले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ । १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ ।

युक्रेनको सेनाका अनुसार रुसले राजधानी किएभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ ।

रुसी आक्रमणपछि हजारौँ युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थानमा पुगेका छन् । रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किभमा कैयौँ सर्वसाधारणहरू मेट्रो स्टेसनमा पुगेका छन् ।

मेट्रो स्टेशनलाई बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि खुला राखिएको छ ।

आक्रमण फैलिँदै गएको अवस्थामा युक्रेनका छिमेकी राष्ट्रहरूले ठूलो संख्यामा आफ्नो देशमा शरणार्थीहरूलाई स्थान उपलब्ध गराउने तयारी थालेका छन् ।

युरोपेली संघले रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । वित्तीय, ऊर्जा अनि यातायात क्षेत्र प्रति लक्षित गरिएका नयाँ प्रतिबन्ध घोषणा हुन लागेका हुन् ।

Leave A Reply

Your email address will not be published.