प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो छलफल ?

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र ओलीबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी भएका थिए । यस्तै, एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुन: कुराकानी गर्ने जवाफ दिएको कांग्रेस महामन्त्री थापाले जानकारी दिए ।

संसदको अवरोध खुलाउन सकारात्मक छलफल भएको थापाको भनाइ छ । यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले ओलीसँगको छलफलपछि संसद सञ्चालन हुने विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.