प्रतिनिधिसभा बैठक बस्दै, के होला एमसीसी ?

0

काठमाडौं : प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । यसअघि बिहिबार दिउँसो १ बजेका लागि तय गरेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए । 

त्यसपछि प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

शुक्रबारको बैठकमा एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसलगत्तै एमसीसीमाथि छलफल शुरु हुनेछ । यसअघि आइतबारको बैठकमा एमसीसी पेस भएको थियो । 

बिहिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीमाथिको छलफलमा बोल्न चाहने सबै सांसदलाई बोल्न दिने निर्णय गरेको छ । 

बैठकले हरेक सांसदलाई ५ मिनेटको समय दिने बताएको थियो । संसद् सचिवालयका अनुसार एमसिसी प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेस भएपछि छलफलमा भाग लिन चाहने सांसदले नाम टिपाउनेछन् । 

निर्धारित समयभित्र उनीहरूले आफ्नो धारणा राखेपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनेछन् । निर्णयार्थ प्रस्तुत हुनुपूर्व सांसदले बोल्ने भएकाले एमसीसीमाथिको छलफल लम्बिन सक्छ ।

Leave A Reply

Your email address will not be published.