रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा

0

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन् ।

जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिको पछिल्लो घोषणा आएको हो ।

रुसी राष्ट्रपति पुटिनले टेलिभिजन सम्बोधनमार्फत् पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार बिसाउन र घर फर्कन आग्रह पनि गरेका छन् ।

रुसी राष्ट्रपतिको घोषणा लगत्तै डोनेटस्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए ।

रुसले युक्रेनसँगको सीमानजिकै झण्डै दुइ लाख सेना र हजारौं लडाकु गाडी परिचालन गरेको छ ।

Leave A Reply

Your email address will not be published.