रुस-युक्रेन विवादमा बोल्यो नेपाल

0

काठमाडौं : युक्रेन–रुस संघर्षबारे नेपालले तनाव नचर्काउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । 

परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत युक्रेनको दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्ने रुसी कदम संयुक्त राष्ट्रसंघीय बडापत्र (यूएन चार्टर)विपरीत रहेको बताएको हो । 

रुसको नाम उल्लेख नगरी जारी गरिएको वक्तव्यमा नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख छ । 

त्यस्तै नेपालले सार्वभौमसत्तासम्पन्न देशमाथिको कुनै पनि अवस्थामा हुने आक्रमणको विरोध गर्ने र कुनै पनि संघर्षको शान्तिपूर्णरुपमा कूटनीति र संवादबाट हल खोज्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गर्न चाहन्छ ।’

Leave A Reply

Your email address will not be published.