युक्रेनमा आपतकाल घोषणा

0

एजेन्सी : युक्रेनमा राष्ट्रिय आपतकाल लागू भएको छ । रुसले आक्रमण गर्ने खतरा बढेको निष्कर्ष निकाल्दै आपतकाल लागू गरिएको हो ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको देशमा ३० दिनका लागि आपतकाल लागू गर्ने प्रस्ताव संसदले पारित गरेको हो ।

आपतकालको आदेश अनुसार नागरिकको आवतजावतमा प्रतिबन्ध लागु गर्न पाउने अधिकार सरकारी अधिकारीलाई प्राप्त भएको छ । 

यस्तै प्रदर्शन तथा राजनीतिक दलमा प्रतिबन्ध लगाउने र संगठनहरुमाथि पनि प्रतिबन्ध लगाउन सक्ने अधिकार प्राप्त भएको छ । तर त्यसका लागि राष्ट्रिय सुरक्षा कारक हुनु पर्छ । 

युक्रेन सरकारले युद्धको उमेर पुगेका सबै पुरुषले अनिवार्य रुपमा सैन्य सेवा गर्नु पर्ने पनि घोषणा गरेको छ । 

दक्षिणपूर्वी युक्रेनका दुई क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र राज्यको मान्यता प्रदान गरी त्यहाँ आफ्ना सैनिक पठाउने निर्णय गरेपछिको अवस्थाले युद्धको संकेत गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । 

Leave A Reply

Your email address will not be published.