प्रधानमन्त्री देउवाले अमेरिकाको दबाबमा एमसीसी संसदमा पेश गर्नुभयो : झलनाथ खनाल

0

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबमा एमसीसी संसदमा पेश गरेको बताएका छन् ।

बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै खनालले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी नेपालको हितमा रहेको भन्दै चाँडो भन्दा चाँडो टुंग्याउनुपर्ने बताउने गरेको पनि उल्लेख गरे ।

उनले एमसीसी अध्ययनका लागि सरकारद्वारा गठित तीन सदस्य कार्यदलमा पनि हरेक पार्टीका नेताहरुको आ–आफ्नै धारणा आएकोले स्पष्ट लिखित धारणा नबनाइएको बताए । एमसीसीमा रहेका केही शर्तहरु अनावश्यक र आपत्तिजनक रहेको उनको भनाइ छ ।

नेता खनालले एमसीसी दस्ताबेजको अध्ययन गर्दा एमसीसी पास गरेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालना गर्नुपर्ने शर्त रहेको र यो नेपालका लागि स्वीकार्य नहुने बताए । उनले नेपाली कांग्रेस एमालेसँग समीकरण बनाउन स्वतन्त्र रहेको पनि बताएका छन् ।

Leave A Reply

Your email address will not be published.