दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुल्यो अस्ट्रेलिया

0

काठमाडौं : कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपश्चात् अस्ट्रेलियाले प्रवेश दिने भएको छ ।

स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्न नाका खुला गरिएको अष्ट्रेलिया सरकारले जनाएको छ ।

कोरोना महामारीका कारण सन् २०२० को मार्चवाट अस्ट्रेलियाल कडा यात्रा प्रतिबन्ध लागु गरेको थियो ।

नाका खुला गरिएपछि सोमबार मात्र अष्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ ।

परिवार सदस्यलाई छुट्ट्याएको र व्यवसायमा प्रभाव पारेका कारण अस्ट्रेलियामा लागु गरिएको कडा नियमको आलोचना हुँदै आएको थियो ।

खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनको व्यवस्था समेत हटाइएको छ । खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने नियम कायमै छ ।

अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन् । सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख पर्यटक पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.