स्थानीय निर्वाचनका लागि १० वटा दल आयोगमा दर्ता

0

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेकोमा आइतबारसम्म द दल दल दर्ता भएका हुन् ।

आयोगमा दर्ता भएका जम्मा एक सय ९ वटा दलमध्ये केहीले मात्रै स्थानीय निर्वाचनमा सहभागी हुन नाम दर्ता गरेका हुन् ।

राजनीतिक दलहरु निर्वाचन प्रयोजनका लागि दर्ताका लागि आउने क्रम जारी रहेको आयोगले जनाएको छ ।

निर्वाचन प्रयोजनका लागि सिके राउत नेतृत्वको जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी, मौलिक ज्वरो किलो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् । ठुला दलले नाम दर्ता गराउन नै बाँकी रहेको छ ।

आयोगले दल दर्ताका लागि फागुन १५ गतेसम्मको समय दिएको छ । चुनावमा छ वटा राष्ट्रिय पार्टीले मात्रै पहिलेदेखि नै प्रयोग गर्दै आएको चुनाव चिह्न पाउनेछन् । बाँकीले निर्वाचन आयोगले दिएको नयाँ चुनाव चिह्नबाट चुनावमा लड्नुपर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.