युरोपमा आँधीका कारण १६ जनाको मृत्यु

0

एजेन्सी : युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको हो ।

नेदरल्याण्ड्समा रुखले च्याप्दा चारजनाको मृत्यु भएको छ । पोल्याण्डमा पनि चारजनाको मृत्यु भएको छ । इंग्ल्याण्डमा तीन, जर्मनीमा दुई तथा बेल्जियममा दुईजनाले ज्यान गुमाएका छन् । रिपब्लिक अफ आयरल्याण्डमा पनि एकजनाको मृत्यु भएको छ ।

दुई सय किलोमिटर प्रतिघण्टाको दरमा हावा चल्दा थुप्रै संरचनाहरु भत्किएका छन् । तीव्र गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन् ।

लाखौं घर तथा व्यवसायमा विद्युत आपूर्ति ठप्प भएको छ । यातायात सञ्जाल टुटेको छ । आँधीका कारण सयौंको संख्यामा हवाइ उडानहरु प्रभावित भएका छन् ।

आँधीका कारण उत्तरी सागरमा हराएका २६ वटा कन्टेनहरुहरुको खोजी भइरहेको छ ।

फ्रान्समा आँधीका कारण भएको सवारी दुर्घटनामा ३० जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी कार्य जारी छ ।

Leave A Reply

Your email address will not be published.