प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी टेबुल होला ?

0

काठमाडौं : प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो बस्दैछ । एमसीसी विधयेक टेबुल गर्ने प्रयोजनले संसद बैठक दिउँसो एक बजे बोलाइएको हो ।

बैठकमा राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ ।

सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था समितिमा दलहरूबीच सहमति जुटे एमसीसी सम्झौतालाई संसदमा टेबुल गर्ने बताइसकेका छन् । उनले संसद बैठक अघि कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् ।

दलहरुको बैठकमा सहमति जुटेमा कार्य व्यवस्था समितिले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गर्नेछ ।

५० करोड अनुदान सहयोगको एमसीसी सम्झौता १६ फागुनभित्र संसद्बाट अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेको छ  ।

०७६ असार ३० गते तत्कालिन केपी ओली नेतृत्वको सरकारले एमसिसी अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेको थियो । तर, सम्झौताका विषयवस्तुलाई लिएर उत्पन्न विवादका कारण टेबुल हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.