एमसीसी संसदमा टेबुल गर्न नरोक्ने एकीकृत समाजवादीको निर्णय

0

काठमाडौं : एकीकृत समाजवादीले अ‍ेमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसद्‍मा टेबुल गर्न नरोक्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबुल गर्न नरोक्ने निर्णय गरेको हो ।

एकीकृत समाजावादीका पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी संसद्‍मा पेश गर्न नरोकिने तर यथास्थितिमा संसदबाट अनुमोदन भने गर्न नहुने निर्णय गरेको जानकारी दिए ।

यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए । जबरजस्ती टेबुल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसदमा टेबुल गर्न सकिरहेका छैनन् ।

Leave A Reply

Your email address will not be published.