युक्रेनमाथि रुसले आक्रमण गरे गम्भीर परिणामको सामना गर्नुपर्ने बेलायतको चेतावनी

0

एजेन्सी : बेलायती विदेशमन्त्री लिज ट्रसले युक्रेनमाथि रुसले जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएकी छिन् ।

सरकारको एक आपतकालीन बैठकको अध्यक्षतापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रुसले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएकी हुन् ।

उनले युक्रेनमा रहेका सबै बेलायती नागरिकलाई मुलुक छाड्न आग्रह समेत गरेकी छिन् । विदेशमन्त्री ट्रसले रुसले युक्रेनमाथि आक्रमण गरे उसले गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी समेत दिइन् । गत साता उनले रुसी समकक्षीसँग पनि वार्ता गरेकी थिइन् ।

रुसले आक्रमण गर्न सक्ने आशंकाको कारण पछिल्लो केही समययता निरन्तर युक्रेन संकट बढ्दै गएको छ । अहिलेसम्म दश भन्दा धेरै मुलुकले आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन दिइसकेका छन् ।

रुसले भने युक्रेनको सीमा क्षेत्रमा सैन्य अभ्यास हुनु कुनै ठूलो कुरा नभएको बताएका छन । उसले सैन्य अभ्यासलाई नियमित अभ्यासको एक हिस्सा भनेको छ । पश्चिमा मुलुकले निरन्तर भ्रम फैलाइरहेको रुसको आरोप छ ।

Leave A Reply

Your email address will not be published.