संसदको अवरोध खुलाउन पहल गर्ने सर्वदलीय बैठकको निर्णय

0

काठमाडौं : सभामुख अग्नीप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा संसद सूचारु गराउन गम्भिर पहल गर्ने सहमति भएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद सूचारु गराउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमति भएको सभामुख सापकोटाले जानकारी दिएका हुन् ।

उनले संसदमा विचाराधिन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराएको पनि बताए । सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद सूचारु गराउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको विश्वास समेत व्यक्त गरे ।

प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउने विषयमा छलफल गरिएको एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले बताए ।

उनले एमालेले जुन विषय उठाएर जनताको सार्वभौमथलो संसदलाई अवरुद्ध पारिरहेको छ, त्यो गैरकानुनी, असंवैधानिक र गलत रहेको दावी गरे ।

बैठकमा सत्तारुढ गठबन्धनले पनि संसदमा विचाराधिन ४२ वटा विधेयक रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउन समेत नदिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेको आलोचना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.