कांग्रेसले बोलायो संसदीय दलको बैठक, महाभियोग तथा एमसीसीबारे छलफल हुने

0

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेससहित नेकपा माओवादी र नेकपा एसले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका थिए ।

यसैसन्दर्भमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

साथै बैठकमा संसदको अवरोध तथा अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिनिधि सभा बैठक बुधबर बस्दैछ । बुधबारको संसद् बैठकमा एमसीसी टेबल हुने चर्चासमेत छ ।

Leave A Reply

Your email address will not be published.